सुनसरी। धरान उपमहानगरपालिकामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् । कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरि यथासक्य छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।