सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ।
मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट एक/एक लाख गरी १६ लाख र नगरपालिकाको तर्फबाट १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ।