काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाले तिहारमा प्रयोगमा हुने प्लास्टिकजन्य सजावटका सामग्री प्रयोग गर्न निषेध गरेको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै प्लास्टिकजन्य सजावटका सामाग्री प्रयोग नगर्न आग्रह गरेको हो।
पालिकाले सूचनामा भनेको छ, ‘बेथानचोक गाउँपालिका क्षेत्रभित्र घर, पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लास्टिकको विभिन्न फूलमाला तथा सजावटका सामानहरु किनबेच बढ्दै गएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको भन्दै यस्ता प्लास्टिकजन्य सजावटका सामान बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्नु वातावरणमैत्री कार्यसमेत हुने भएकाले प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री प्रयोग नगरी खेतबारीमा फूलेका सयपत्री लगायतका फूलको प्रयोग गर्न गाउँपालिकावासीलाई आग्रह गरिएको छ।’
आफ्नो बस्तीलाई वातावरणमैत्री बनाउन र स्थानीयस्तरमा फुलेका फूलको प्रयोग गर्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ ।