काठमाडौं। जाजरकोट भूकम्पमा परेर निधन भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरी स्मृतिमा विद्यालय भवन पुनर्निर्माण गरिने भएको छ।
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले उपमेयर सिंह सम्झनामा विद्यालय भवन पुनर्निर्माण गर्ने भएको हो।
अध्यक्ष दुजाङ शेर्पाले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नेविसंघले पुनर्निर्माण गर्न लागेको जानकारी दिए।
त्यसैगरी नेविसंघले जाजरकोट खलंगास्थित हनुमान प्राथमिक विद्यालय पनि पुनर्निर्माण गर्ने भएको छ।