रुकुमपश्चिम। रुकुमपश्चिममा भूकम्प पीडितहरुको राहत वितरणमा आगजनी गर्ने दुईजना पक्राउ परेका छन्।
आइतबार बेलुका राहत सामग्रीमा चित्त नबुझेको भन्दै सानीभेरी गाउँपालिका २ को परिगाउँ टोलमा भूकम्प प्रभावितहरुको राहत सामग्रीमा आगो लगाउने दुई जना पक्राउ पर्ने हुन्।
सानीभेरी २ का गोपाल बुढा र खिमबहादुर पुन पक्राउ परेका छन्। आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उनीहरुले आफूले पाएका कम्बलमा समेत आगो लगाएका छन् ।
वडा कार्यालयबाट परिगाउँ टोलमा पठाइएका राहत सामग्रीमा आगो लगाइएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरुका लागि वडामा प्राप्त राहत सामग्रीहरु सम्बन्धित टोलहरुमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजानी भएको हो ।