सिमकोट। सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सको ट्वीनओटर जहाजमा प्राविधिक समस्या देखिएको छ ।
रनवेमा जहाजले नेपालगञ्जका लागि उडान भर्न दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको सिमकोट विमानस्थलका अधिकारीहरूले जनाएका छन् ।
चौध जना यात्रु लिएर उड्ने क्रममा जहाजमा प्राविधिक समस्या आएको नागरिक उड्डयान प्राधिकरण सिमकोटले जनाएको छ।
प्राविधिक समस्या आएपछि उक्त जहाज बिमानस्थल मै रोकिएको छ। जहाज नेपालगञ्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट बिमान स्थलमा अवतरण गरेको थियो ।