नेपालगन्ज। नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
नेपालगञ्जको न्यूरोडमा मङ्गलबार दिउँसो लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
सेतु विक चोकबाट बसपार्क जाँदै गरेको १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।