झापा। झापाको कनकाई नगरपालिका–५ स्थित चप्रामारीबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ। चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्सफर्मरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कनकाई नगरपालिकाले जनाएको छ।
चोरी गर्ने समूहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्सफर्मरको चोरी गरेको र चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
हालसम्म यस क्षेत्रमा कुखुरा, काठ, लगायातका घरायसी सामग्रीहरु चोरी हुने गरेको भए पनि यसरी मेन लाईनकाटेरै ट्रान्सफर्मरनै चोरी भएको भने यो पहिलो घटना भएको कनकाई नगरपालिका–५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताए।