बागलुङ। बागलुङमा बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । भुइँमा लत्रिएको तार कुल्चिँदा करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज मृत्यु भएको हो।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।