रुकुमपश्चिम। जिल्लाको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि सामूहिक रुपमा बसोबास गर्न मिल्ने अस्थायी आवास निर्माण गर्न सुरु गरिएको छ।
आठबीसकोट–१४ स्थित जामिरेकोट पूर्णगाउँमा भूकम्पपीडितलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण गर्न थालिएको हो ।
पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको छ। पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ । दुई वटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन् । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने बताइएको छ।