काठमाडौं। नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्म अब सूचीकरण गर्नुपर्ने भएको छ ।
अव्यवस्थित रुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित सरकारले जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जाल समेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था छ ।
यसका लागि सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ ।