काठमाडौं। सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्नका लागि करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास बनाउन पहिलो किस्तामा १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको हो।
प्राधिकरणले जाजरकोट, रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुरा गरी पाँच वटा जिल्लामा रकम पठाएको छ।
जाजरकोट र रुकुम पश्चिममा ५०र५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा गरेको प्राधिकरणले गृह मन्त्रालयलाई जानकारी गराएको छ।