पोखरा। पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
सोमबार दिउँसो कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।