नेपालगन्ज। काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान काठमाडौँ फर्किएको छ। मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको हो।
बुद्ध एअर नेपालगन्जका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो। सो बिमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको छ।