काठमाडौं। भारतको अयोध्यास्थित मर्यादा पुरुषोत्तम श्रीराम अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरीदेखि सञ्चालनमा आउन लागेको छ। एटीआर-७२ र क्यु-४०० सँगै एयरबस ३२० र बोइङ ७७७ सिरिजका जहाज आउजाउ गर्न सक्नेगरी निर्माण गरीएको विमानस्थल आगामी जनवरीदेखि सञ्चालन गर्न लागिएको हो।
विमानस्थलको पहिलो टर्मिनल भवनमार्फत आउँदो जनावरीबाट सेवा सुरु गर्ने तयारी छ। बाँकी दुई वटा टर्मिनल भवन दुई वर्षभित्र तयार गरी सञ्चालनमा ल्याउने बताइएको छ।
साढे तीन अर्ब भारतीय रुपैयाँमा तयार विमानस्थल ८२१ एकड क्षेत्रफलमा फैलिएको छ। यो विमानस्थलबाट सुरुमा दिल्ली, मुम्बई, बैंगलोर र हैदरावादमा उडान गर्ने तयारी छ।
अयोध्याकै परम्परागत शैली झल्किने विमानस्थलको टर्मिनल भवनमा ‘फसाद’ प्रयोग गरिएको छ। विमानस्थलको टर्मिनल भवन ६ हजार वर्गमिटरको हो जसमा एकैपटक ३०० यात्रुले सेवा लिन सक्ने छन्।