फाइल तस्बिर
काठमाडौं। उर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । पदावधि सकिनुभन्दा एक महिना अगाडि दिएको घिमिरेको राजिनामा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।
उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।