काठमाडौं।काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ। शुक्रबार काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा समस्या देखिएपछि जहाज काठमाडौं नै फर्किएको हो।
समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ।
प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ।