बर्दिया । बर्दियामा एक घरमा आगोलागी हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो।
घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेको प्रहरीले जनाएको छ।
आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।