सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ। गत पुस १ गते गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शिलान्यास गरेको भवनको काम सम्पन्न हुन लागेको हो।
सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजना अनुरूप हेलम्बुमा १९ करोड ४३ लाख लागतमा अस्पताल निर्माण भइरहेको हो।
अस्पतालका झ्यालढोका, भित्री काम र फिनिसिङ, रङरोगनलगायतका काम चार महिनाभित्र सकेर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।
अस्पताल निर्माण सम्पन्न भएपछि हेलम्बु गाउँपालिकालगायत पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकाका बासिन्दाले स्वास्थ्य सेवा पाउने अध्यक्ष शेर्पाले बताए।