ताप्लेजुङ। ताप्लेजुङमा हरियो बाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मेरिङदेन गाउँपालिका–४ नाल्वोका १९ वर्षीय मिलन नाल्वो लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।
घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेपछि पोस्टमार्टम गरी परिवारलाई वुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
युवक युनाइटेड मेवाखोला हाइड्रोअन्तर्गत साउथ एसियन कन्ट्रक्सनको क्रसर प्लान्टमा कार्यरत रहेको पनि प्रहरी जनाएको छ ।