भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पालिकाभित्रका घरघरमा खानेपानी पुर्याउने अभियान सुरु गरेको छ । नगरपालिका–१ देखि ६ नं वडासम्म मेलम्चीको खानेपानी घरघरमा पुर्याउन नगरपालिकाले अभियान थालेको हो।
घरघरमा मेलम्चीको खानेपानी पु¥याउन नगरपालिकाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य किरण थापा र नगरप्रमुख वासुदेव थापाले संयुक्त रुपमा सूर्यविनायक बृहत् खानेपानी आयोजना शिलान्यास गरेका छन् ।
यसअघि नै सूर्यविनायक–६ पाण्डुबजारमा हाइटमा निर्माण गरिएको ६० लाख लिटरको पानी ट्याङ्की स्थलमै सो आयोजना पनि शिलान्यास गरिएको हो ।
बागमती प्रदेशसभा सदस्य थापाले वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका सूर्यविनायक नगरपालिका–१, २, ३, ४, ५ र ६ का बासिन्दाको घरघरमा मेलम्चीको पानी पु¥याउने अभियानअन्तर्गत आज आयोजना सुरु गरिएको बताए ।