बैतडी। बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो।
केही दिनअघि उक्त पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको सवारी चालकहरूले बताएका छन्। पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ।
दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको बताइएको छ।
उक्त पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपि हिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए।
पुलको तलतिरको जमिन भासिएकाले दुर्घटनाको जोखिम बढेको हो। पुलको समयमै मर्मत सम्भार नहुन्जेलसम्म ठूला गाडी चलाउन रोकिएको छ।