काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा रहेको पुण्यमाता खोलामा पक्की पुल निर्माणको कार्य सुरु भएको छ । पालिकाको वडा नम्बर ८ र ११ जोड्न राधेराधे पुण्यमाता खोला सिनागालमा पक्की पुल निर्माण सुरु गरिएको हो ।
आर. एस. निर्माण सेवाले ५ करोड ५७ लाख ५५ हजार ८ सय २० रुपैँयामा २०८०।०६।२५ गते डेढ वर्षमा सक्नेगरी पुल निर्माणको जिम्मा लिएको छ । नवनिर्मित पुलको लम्बाइ २० मिटर र चौडाइ ८ दशमलब ४ मिटर रहेको छ ।
पुल पाइल फाउन्डेसनको आकारमा बनाइने आर। एस। निर्माण सेवाले जनाएको छ। पाइलको लम्बाइ २३ मिटरको हुन्छ । पाइलमाथि र्याप गरेर पिलर उठाएर बल्ल ढलान हुने बताइएको छ। सिग्नल इस्पामको पुल भएकोले दुइतिर खम्बा राखिने कम्पनीले जनाएको छ। पुल निर्माण हुने भएपछि स्थानीयपनि खुशि भएका छन्।