काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडान तर्फ गन्तव्य विस्तार गर्ने भएको छ। श्री एयरलाइन्सले आउँदो मंसिर १५ गतेबाट काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्ने भएको हो।
दैनिक एउटा उडान गर्ने गरी गत शुक्रबार नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको कम्पनीले जनाएको छ।
काठमाडौं–सुर्खेत उडान सँगै काठमाडौं–भरतपुर उडानको प्रक्रिया सुरु गरिसकेको कम्पनीको भनाइ छ। उकत उडान ६ महिना यता बन्द गरिएको थियो साही उडान छिट्टै सुरु गरिने जनाइएको छ।