वषौँदेखी जीर्ण सिन्धुलीको दुधौली नगरपालीका अन्तर्गत झुङ्गा–जगाडी ग्रामिण कृषी सडक १२ दशमलब पाँच किलोमिटर सडकको एसियाली विकास बैङ्कको सहयोगमा कालोपत्रेसहित स्तरोन्नति गरिएको छ।
स्थानीय वासिन्दाका अनुसार सडक कालोपत्रे सहित निर्माण भएपछि आवतजावतमा सहज भएको भन्दै स्थानीय बासिन्दा खुसी भएका छन्।
निपानेको झुङ्गादेखी टाँडी धनसरीसम्म सवारीसाधन आवतजावत गर्न थालेको २० वर्षभन्दा बढी भएको भएतापनि सडकको अवस्था निकै नाजुक रहेको थियो। उक्त सडकमा ठुलाठुला खाडल र बिचबिचमा ढुङ्गा भएका कारण यस्तो बाटोबाट सवारीसाधन आवतजावत गर्न समस्या भएको थियो। गत वर्षको चैतदेखी सुरु गरेको सडक निर्माण सँगै स्थानीय रुपमा उत्पादन भएको कृषि बेचविखान गर्नको लागी पनि सजीलै बजार व्यवस्थापन हुने भएको छ।
इम्यानोयल कन्स्ट्रक्सन प्रमुखका अनुसार नाला बाहेक सडकको चौडाइ पाँच दशमलब २५ मिटर हुने र त्यसमा कालोपत्रेको भाग ४ दशमलब ५० मिटर रहेको छ। भ्याटबाहेक कुल १७ करोड भन्दा माथी लागत रहेको इम्यानोयल कन्स्ट्रक्सनले जनाएको छ।
उहाँका अनुसार कोरोनाका कारण सडकको निर्माणमा केही ढिलाई भएको हो। उक्त सडक यही असारमा सम्पन्न भएपनि पुर्वाधार कार्यालयलाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ।