काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आगामी पुषमा हुने भएको छ। भर्खरै आईपीओ जारी गरेको कम्पनीले लैनचौर व्याङक्युट, लैनचौर, काठमाडौंमा पुस २ गते साझ ५ बजे साधारण सभा गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले साधारण सभाका लागि बुक क्लोजको मिति भने सूचनामा उल्लेख गरेको छैन् ।