काठमाडौं। झापाको भद्रपुरमा धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ। सोमबार ७ बजेतिर काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको भद्रपुर विमानस्थलले जनाएको छ।
धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको हो।
जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम भएको थियो।