काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७औं साधारण सभा आगामी पुषमा हुने भएको छ। नाडाको सोमबार बसेको कार्यसमिति बैठकले ४७ औं साधारणसभा पुस २० र २१ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ। निर्वाचनबाट एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य, ७ जना प्रदेश अध्यक्ष निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरू मध्यबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ।
चुनाव र नयाँ नेतृत्वको चर्चा भइरहे पनि हालसम्म कसैले पनि औपचारिक रूपमा अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छैनन्। व्यवसायीहरुले अबको केही दिनमानै आफ्नो प्यानलसहित उमेद्वारी घोषणा गर्ने तयारी गरिरहेका छन्।