काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, चिसौदींमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान ५ः५० बजे धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राईको मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको छ।
घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ ।