कास्की। पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना तिराएको छ। महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई १५ हजारका दरले जरिवाना तिराएको हो।
गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा पाँच हजार रुपैयाँ र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।