काठमाडौं। पर्वतस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना निर्देशनालयले कास्कीको थुम्सिकोटमा सडक सीमा भित्र पर्ने घर टहरा हटाउन निर्देशन दिएको छ।
निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै रुदीखोला–भैसे सडक खण्डको मादी गाउँपालीका ९ र १० भाचोकमा रहेका घर टहराहरु हटाउने निर्देशन दिएको हो। सो क्षेत्रमा रहेका ३५ वटा घरटहराहरु हटाउन लागिएको हो।
निर्देशनालयका अनुसार सडक सीमा भित्र रहेका घर टहराहरु ३५ दिनभित्र हटाउनु पर्नेछ। निर्देशनालयले क्षतिपूर्ति तथा मूआब्जा रकम लिन आउनसमेत प्रभावितहरुलाई भनेको छ। क्षतिपूर्ति पाउनुपर्ने व्यक्तिले त्यसका लागि निवेदन दिनुपर्ने निर्देशनालयले जनाएको छ।