डोल्पा। डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डको बजार तलको सडक सुधार गरिएको छ।
बुधबार जुफाल बजारबाट सडकमा सिधै निकास गरिएको पानीको व्यबस्थापन सँगै डोजर लगाएर हिलो पनि हटाएपछि सडक सुधार भएको छ।
नगर प्रमुख सुवर्ण बुढाको निर्देशनमा मंगलबार रातिदेखि नै काम सुरु गरेर सडक व्यवस्थित गरिएको स्वकीय सचिव रेखामान बुढाले जानकारी दिए।
यसअघि पनि नगरपालिकाले बजारबाट निकास भएको पानी व्यवस्थापन गरेपनि पाइप नै चोरी भएपछि सडक हिलाम्य भएको उनको भनाइ छ।
जुफाल बजारबाट करिब एक किलोमिटर दूरीमा रहेको सडकको दुरावस्थाबारे समाचार आएपछि ठुलिभेरी नगरपालिकाले तत्काल सडक सुधारको काम अघि बडाएको थियो।