बुटवल। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति गर्नका लागि डीपीआर निर्माणको काम सुरु गरिएको छ।
विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो ।
उक्त सडक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको छ । जसअनुसार गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्न कर्मचारीहरू फिल्डमा खटिएका छन् ।
गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि एक विदेशी कम्पनीले डीपीआरको काम सुरु गरेको छ ।
सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताइएको छ । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।