नवलपुर। विकास निर्माण लगायतका कार्यमा अवरोध भएको भन्दै राष्ट्रपति चुरे–तराई –मधेश संरक्षण कार्यक्रम हटाउन माग गरिएको छ।
चुरे क्षेत्र अन्तर्गत पर्ने नदीजन्य पदार्थ उत्खनन्को आवश्यक सहजीकरणका लागि जिल्लाका विभिन्न स्थानीय तहका नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष एव प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिको संयुक्त छलफल कार्यक्रममा नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय विकास निर्माण, विपद् व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिलगायत कार्यक्रममा अवरोध भएको भन्दै सो कार्यक्रम हटाउन माग गरेका हुन्।
जिल्लाको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका स्थानीय तहमा मध्यवर्ती क्षेत्रका कारण स्थानीय समुदायको दैनिक जीवनयापनसँगै नगरबाट हुने विकास निर्माणको काममा समेत अवरोध हुने अवस्था सिर्जना भएको भन्दै नवलपुरबाट मध्यवर्ती क्षेत्र हटाउनुपर्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।