धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा झोलुङ्गेपुल निर्माण सुरु भएको छ। भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन सुरु भएको हो।
पुल निर्माण हुन सुरु भएपछि यहाँका स्थानीय नागरिक उत्साहित बनेका छन् । वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ ।
सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो ।
सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित रु ६९ लाखको लागतमा पुल निर्माण भइरहेको हो ।