चितवन। इच्छाकामना गाउँपालिकामा दुईवटा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। आइतबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।
अधिकांश चेपाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण गरिने छ । गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको र चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखेको पालिकाले जनाएको छ।
१९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको छ। यी दुई आयोजना निर्माण भएपछि यस क्षेत्रका नागरिकलाई सहज हुने भएको छ। गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।
एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।