काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं नै फर्किएको छ।
आज बिहान साढे ८ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन विमानस्थलमै फर्किएको हो।
जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९स्४८ बजे उक्त जहाज अवतरण भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबास गएका छन्। त्यहाँबाट प्रधानमन्त्री जनकपुर जाने कार्यतालिका छ।