एजेन्सी। दक्षिण पाकिस्तानमा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको मुख्य राजमार्गमा एक यात्रु भ्यान ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
कुहिरोका कारण भिजिबिलिटी कम भएकाले भ्यानका चालकले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई नदेखेर ठोक्किएको बताइएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको छ तर पाँच जनाको अवस्था गम्भीर छ ।