काठमाडौं। एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।
मन्त्रिपरिषदको आजको बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।
सरकारको प्रवक्ता रेखा शर्माले समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत रहेको जानकारी दिएकी छन् ।
समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको मन्त्री शर्माले बताइन् ।