काठमाडौं। खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गौतमलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगको सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन समेत गरिएको छ ।
प्रवक्ता शर्माले समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत रहेको जानकारी दिएकी छन् ।