काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्तिलाई १४ किलोग्राम सुनसहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको हो ।
गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।