मुगु। मुगुको छायानाथ रारा नगरपालिका–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिएको छ । छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा कोटिलाको कर्णाली खोला माथि बेलिब्रिज निर्माण भएको हो।
कोटिलाको कर्णाली खोला माथि बेलिब्रिज निर्माण भएपछि यहाँका स्थानीय व्यवसायीलाई आलु, कोदो, फापर, सिमी गाउँ भन्दा बाहिर ढुवानी गर्न सहज भएको छ। त्यसैगरी जिल्ला सदरमुकामदेखि विकास निर्माणका सामग्री लगायत ढुवानी गर्न पनि सहज भएको स्थानीय बताउँछन्।
यहाँका बासिन्दा आउजाउ गर्न बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न निकै सास्ती भइरहेको थियो। कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ।