बाँके। बाँकेको कोहलपुर चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश सडक निर्माणका लागि दबाब दिन समन्वय र सहकार्य समिति गठन गरिएको छ ।
कोहलपुरको चप्परगौंडीमा भएको भेलाले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय र सहकार्य गर्न वडा १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा १२ सदस्यीय समन्वय समिति गठन गरेको हो ।
समितिका सदस्यमा नेकपा एमालेका क्षेत्रीय संयोजक बलराम भट्टराई, वडा १३ का डम्बर खड्का, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निरकबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुरका सल्लाहकार चक्रबहादुर केसी, एमालेका वडा अध्यक्ष रुपसिंह डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मेनबहादुर देवकोटा, कोहलपुर मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ओमप्रकाश वली, नेकपा एसकी जिल्ला कमिटि सचिवालय सदस्य नारायणी वली, नेपाली काँग्रेस १२ का वडा सभापति केशकुमारी वली र राजमोका वडा अध्यक्ष रुद्रनाथ आचार्य रहेका छन्।
चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानीयको भनाइ छ । कोहलपुर नगरपालिकाको वडा १२ र १३ ले संयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्ने अधिकांश व्यक्तिले निकुञ्जले अवरोध गरेको भन्दै विरोध जनाएका थिए ।