भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर ५ छालिङ घुमाउनेमा निर्माण भएको भवनबाट पालिकाले शुक्रबारदेखि सेवा सञ्चालन गर्न समेत सुरु गरेको हो।
नगरपालिकाको अनुसार नवनिर्मित भवन राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन गरी सेवा सञ्चालन हुन थालेको छ। ६ तले प्रशासकीय भवनले करिब ३० रोपनी क्षेत्रफल ओगटेको छ ।
भवन निर्माणका लागि ४१ करोड ३४ लाख २५ हजार रुपैयाँ लागत इष्टमेट गरे पनि निर्माण व्यवसायीले ३४ दशमलव ५ प्रतिशत कम २५ करोड ४६ लाख २५ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको छ । तत्कालिन नगरप्रमुख सोम प्रसाद मिश्रको कार्यकालमा २०७७ सालमा सो भवनको शिलान्यास गरिएको थियो ।