दाङ। तुलसीपुर उपमहानगरपालिकाले फुटपाथ तथा नालालाई अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन थालेको छ।उपमहानगरपालिकाले बिहिबारदेखि उपमहानगर प्रहरी र कर्मचारीको सहयोगमा अतिक्रमित संरचना हटाउन थालेको हो ।
उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउन पटकर पटक सूचना जारी गरे पनि अटेर गरेपछि उपमहानगर आफैंले हटाउन थालेको हो।
बिहीबार बजार क्षेत्रको ‘ग’ लाइन सँगै जेसीज चोकदेखि पूर्वतर्फ र विपी चोकदेखि पूर्वतर्फका सडकमा रहेका अतिक्रमित संरचनाहरु हटाइसकेको छ । शुक्रबार ‘ख’ लाइनको संरचना हटाउन हटाइएको छ।
यी संरचना हटाएपनि फुटपाथमा हिड्न तथा सवारी आगमनमा सहज हुने छ । पालिकाले क्रमश उपमहानगरपालिकाको जग्गा अतिक्रमण गरी निर्माण भएको संरचना हटाउने जनाएको छ।
फुटपाथ क्षेत्रलाई स्थानीय बासिन्दाले व्यवसायी स्थल बनाउन थालेकोले नियन्त्रणका लागि अतिक्रमित संरचना हटाउन थालेको उपमहानगरले जनाएको छ ।