काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा उडान सुरु गर्ने भएको छ। कम्पनीले पुस १५ (डिसेम्बर ३१) देखि उडान सुरु गर्ने भएको हो।
हिमालयको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो नियमित उडान चीनको ल्हासा गोङ्ग्गरको विमानस्थलमा गर्ने तयारी गरिरहेको बताइएको छ। हिमालयको १४४ सिट क्षमताको जहाजमा अधिकतम ४१ हजार फीट सम्म उचाइ लिएर उडान गर्ने क्षमता रहेको जनाइएको छ।
हिमालयले काठमाडौंलाई हवाई सम्पर्कमा जोड्न चिनियाँ गन्तव्य थपिरहेको छ। यो वायुसेवाले काठमाडौंबाट दुबई, मलेसिया, कतार, साउदी अरेबियाको पनि नियमित व्यावसायिक उडान गर्दै आएको छ।