हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित तल्लो गाउँको टुक्मामा नेपाली कांग्रेस हुम्ला जिल्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको छ।
भान्सामा रहेको सुधारिएको चुल्होमा बालेको आगोको रापले माथिल्लो बैठक कक्षमा राखेको कागजातलाई भेट्टाएपछि आगलागी भएको हो।
आगलागी हुँदा एक करोड १४ लाख सात हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट लत्ता कपडा, गरगहना, फर्निचर, ल्यापटप, प्रिन्टर जलेको प्रारम्भिक प्रहरी मुचुल्कामा उल्लेख छ। आगो प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी र सर्वसाधारणलाई नियन्त्रण लिन चार घण्टा भन्दा बढी समय लागेको थियो।