काठमाडौं। भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा हिजो डेमो उडान गरिएको हो।
डेमो उडान सम्पन्न भएपछि अब कहाँबाट उडान गर्ने लुक्लाको उडानहरु कसरी गर्ने सम्बन्धी क्यानको प्राविधिक टोली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टोलीको समन्वयमा माउन्टेन एयरको हेलिकप्टरबाट डेमो उडान गरेको बताइएको छ।
डेमो उडानको रिपोर्ट आएपछि हेलिकप्टरको टर्मिनल, एयरलाइन्सको चेकिङ काउन्टर, अफिसहरु निर्माण सकेपछि कम्तीमा ६ देखि ९ महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्व तिर हुने हेलिकप्टर उडानहरु नलिन्चोकमा स्थानान्तरण गर्ने योजनामा रहेको जनाएको छ।