काठमाडौँ। जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माणका स्थानीयतहको खातामा रकम पुगेको छ । मन्त्रिपरिषद् र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहमा लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ पठाइएको हो ।
जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि १ अर्ब ४१ करोड रकम निकासा भएको र यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९, १६२ जना लाभग्राहीका लागि रु १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानाएको छ।
स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ ।