काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार थानीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन्।
उनले २७ मंसिर बुधबारदेखि लागु हुनेगरी राजीनामा बुझाएका छन् । उनी २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले थानीलाई ३ वर्षका लागि निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।